दिवा खाजा देशैभर, छात्रालाई निःशुल्क स्यानिटरी प्याड
हाल ४७ जिल्लामा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रम देशभर पुर्याइने भएको छ । आज बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले देशभर दिवा खाजा संचालन गरिने बताएका हुन् ।
त्यसका लागि साढे ७ अर्ब रुपैयाँ बजेट छुट्टयाइएको छ भने करीब २८ लाख बालबालिका लाभान्वित हुने उल्लेख छ।