पर्यटन क्षेत्रलाई कर शुल्कमा छुट
कोरोनाभाइरसले पारेको नकारात्मक प्रभाव न्यूनीकरण गर्न सरकारले पर्यटन क्षेत्रको कर शुल्कमा छुट दिने र व्याज छुटको सुविधा दिने भएको छ।
यस्तै सबै प्रदेशमा एउटा ठूला पर्यटकीय पूर्वाधार बनाउन रु.१ अर्ब २६ करोड विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताए।
उनले पर्यटन विषयकाे अध्यापन विश्वविद्यालय तहमा राखिने बताए। माध्यमिक शिक्षा भन्दा माथिको अध्ययन तहमा पर्यटन शिक्षाको अध्ययन अध्यापनको व्यवस्था मिलाइने पनि बताएका छन्।
कर्मचारीलाई देश दर्शनमा प्रोत्साहन गरिने उल्लेख छ। यो व्यवस्थालाई बिदा पर्यटनको माध्यमबाट कर्मचारीलाई आन्तरिक पर्यटनमा पठाइने उल्लेख छ।