भूमि ब्यांक स्थापना गरिने
सरकारले आगामी आर्थिक वर्षमा ३०० स्थानीय तहमा भूमि ब्यांक स्थापना गर्ने भएको छ।
उपयोग नभएका जग्गा लिजमा दिएर कृषि उत्पादन बढाउन भूमि ब्यांक स्थापनाको घोषणा गरिएको हो। आगामी आर्थिक वर्ष २०७७\७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले निजी तथा सरकारी स्वामित्वको जग्गा विदेशबाट फर्किएका युवा तथा कृषि कर्म गर्न चाहनेलाई लिजमा दिएर कृषि उत्पादन बढाउन भूमि ब्यांक स्थापना गर्ने बताएका हुन्।
तीनै तहका सरकारको शेयर लगानीमा भूमि ब्यांक स्थापना हुनेछ। शुरुमा धेरै बाँझो जग्गा भएका स्थानीय तहबाट शुरु गरेर देशैभरि यसलाई विस्तार गर्ने बताइएको छ।
महिलाको नाममा जग्गाको स्वामित्व ल्याउँदा थप सहुलियत दिने पनि अर्थमन्त्री खतिवडाले घोषणा गरे ।