दूध, तरकारी र मासुमा आत्मनिर्भर बनाइने, किसानलाई कर्जा दिन क्रेडिट कार्ड
सरकारले आगामी आर्थिक वर्षभित्र नेपाललाई तरकारी, दूध र मासुमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्र यी कृषि वस्तुमा आत्मनिर्भर हुन आवश्यक बजेट विनियोजन गरेको बताएका हुन्।
बजेटले हरेक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र बनाउने घोषणा गरेको छ । त्यस्तै, रासायनिक मलका लागि दिदैँ आएको अनुदानलाई बढाएर रु.११ अर्ब पुर्याइएको छ। अहिले रासायनिक मलका लागि रु.९ अर्ब अनुदान दिइन्छ।
अर्थमन्त्री डा. खतिवडाले कृषि क्षेत्रको सहुलियतमा पुनरावलोकन गरी तीनै तहका सरकारहरुबीच दोहोरो नपर्ने व्यवस्था मिलाइने बताएका छन् । त्यस्तै, आगामी आर्थिक वर्षमा किसानलाई सहुलियत ऋण उपलब्ध गराउन किसान क्रेडिट कार्ड उपलब्ध गराउने तथा किसान सूचिकृत गर्ने व्यवस्था मिलाउने बताएका छन्।