२७२ स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गरिने
आधारभूत स्वास्थ्य सेवामा सवैको पहुँच पु-याउन सबै स्थानीय तहमा ५ देखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गरिने भएको छ। आगामी आर्थिकभित्रै अस्पताल स्थापना गर्न रु.१४ अर्ब २७ करोड विनियोजन गरिएको छ ।
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले साविकका जिल्ला र अञ्चल अस्पतालको स्तारोन्नति गर्न आवश्यक बजेट पनि विनियोजन गरेको घोषणा गरेका छन्।
एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था शुरुवात गरिनेछ । स्थानीय तहका स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था गरी नसर्ने रोगको जाँचसहितको सेवा उपलब्ध गराउनका लागि रु. ५ अर्ब १० करोड हस्तान्तरण गरिने बजेट वक्तव्य भनिएको छ ।
तीन वर्ष भित्रमा सबै नागरिकलाई स्वास्थ्य बीमामा समावेश गरिने नीति अनुसार, आगामी वर्षभित्र सबै स्थानीय तहका ४० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको सेवा पुर्याइने अर्थमन्त्री खतिवडाले भनेका छन् ।
आगामी वर्ष मुलुकलाई पूर्ण खोप घोषणा गर्न पनि बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।