साना र घरेलु उद्योगलाई ५ प्रतिशत ब्याजदरमा कर्जा
सरकारले साना तथा घरेलु उद्योगलाई ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्ता व्यवसायलाई कर्जा उपलब्ध गराउन रु.५० अर्बको छुट्टै कोष स्थापना गर्ने बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्षमा रु १ खर्बसम्मको पुनकर्जा कोष स्थापनाको पनि घोषणा गरेका छन् ।
नव प्रवर्तनका व्यवसायलाई २ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने घोषणा गरिएको छ । त्यस्तै, घरायसी विद्युत उपभोगमा १० युनिटसम्म निशुल्क गरिने छ ।