कोरोनाभाइरस रोकथाम र स्वास्थ्य प्रणालीमा सुधार बजेटको पहिलो प्राथमिकता
आगामी आर्थिक वर्षमा सरकारले कोरोनाभाइरसको रोकथाम र स्वास्थ्य प्रणालीमा सुधारलाई पहिलो प्राथमिकता दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य पूर्वाधार, औषधि र उपचारलाई उच्च प्राथमिकता दिई स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको बताएका छन् ।
अर्थमन्त्री डा. खतिवडाले कोरोनाभाइरसको संक्रमण रोकथामका लागि तत्काल औषधि तथा उपकरणकाे कमी हुन नदिन रु.६ अर्ब विनियोजन गरेको बताएका छन् ।
स्वास्थ्य पूर्वाधार निर्माणका लागि रु.१२ अर्ब ४६ करोड विनियोजन गरिएको छ । सबै स्थानीय तहमा स्वास्थ्य सेवा पुर्याउन रु.१४ अर्ब २७ करोड विनियोजन गरिएको छ ।
कोरोनाभाइरस संक्रमण विरुद्धको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई भत्ता तथा रु.५ लाखसम्मको जीवन बीमाको पनि बजेटले घोषणा गरेको छ ।
एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमकाे शुरुआत गरिने बजेट मार्फत् अर्थमन्त्रीले घोषणा गरेका छन् । आगामी वर्ष ४० प्रतिशत जनसंख्यालाइ स्वास्थ्य बीमाको पहुँचमा ल्याउन रुस्वास्थ्य क्षेत्रका ७ अर्ब ५० करोड विनियोजन गरिएको छ ।