कोरोनाभाइरसको औषधि उपचारलाई ६ अर्ब
कोरोनाभाइरसकाे रोकथाम तथा स्वास्थ्य प्रणालीमा सुधार गर्न तत्काल चाहिने औषधि तथा उपचारका लागि रु.६ अर्बको बजेट विनियोजन भएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले स्वास्थ्य पूर्वाधारकाे विकास गर्न रु.१२ अर्बको बजेट विनियोजन गरेका छन् ।
अर्थमन्त्री खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिरहेका छन् ।