चौरजहारी घटना : बेपत्ता युवक सञ्जु विकको शव फेला पर्यो
रुकुमको चौरजहारी भएको आक्रमणमा परि बेपत्ता अर्का व्यक्तिको पनि शव फेला परेको छ । बिहीवार जाजरकोटको छेडागाडा ५ को कालेभिरमा फेला परेको हो ।
यससँगै उक्त घटनामा मृत्यु ५ जनाको मृत्यु भएको छ भने १ जना अझैं वेपत्ता छन् । उनको शव मध्ये दिउसो ३ बजे जाजरकोट छेडागाड नपा ५ कालेभिरमा भेटिएको हो ।
जाजरकोट भेरी नगरपालिका ४ बस्ने बर्ष १९ वर्षीय सन्जु बिकको शब स्थानिय र संयुक्त टोलिले फेला पारेको हो । सशस्त्र प्रहरी बल आश्रीत गुल्म जाजरकोट बाट सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञ बस्नेतको कमान्डमा ४ जना गोताखोर सहित १३ जना तथा सशस्त्र प्रहरी बल ४७ न. गुल्म पश्चिम रुकुम बाट १८ जनाको टोलि परिचालित भएको छ ।