आमाको हत्या पछि आत्महत्या
मोरङमा एक युवकले आमाको हत्या पछि आत्महत्या गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, बेलबारी नगरपालिका–४ काकुम बुधबारेमा १५ जेठ दिउँसो छुरा प्रहार गरी आमाको हत्या पछि ती युवकले आत्महत्या गरेका हुन् ।
दिउँसो ११ः३० बजे देवीकुमारी लिम्बु (५५) लाई जीवनबहादुर लिम्बु (३०) ले टाउँको र निधारमा छुरा प्रहार गरेका थिए । यसपछि उनले त्यही छुराले आफ्नो घाटी र पेटमा रेटेका थिए ।
जेठो छोरा छुट्टिएर झापामा बस्ने र छोरीको बिवाह भएकाले घरमा आमाछोरा मात्रै थिए । स्थानीयले घाइते अवस्थामा फेला पारेका युवकलाई स्थानीय सामुदायिक अस्पताल लगेका थिए । त्यहाँ उनको १२ः३५ मा मृत्यु भएको प्रहरीले बताएको छ ।
सामान्य आर्थिक अवस्था भएको परिवारका सदस्य लिम्बुले आमाको हत्या गर्नुको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
-कमल रिमाल