मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयमा आगलागी
मकवानपुरको कैलाश गाउँपालिकाको प्रशासनिक कार्यालयमा आगलागी भएको छ।
भवनमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरेपनि कार्यालय जलेर नष्ट भएको स्थानीय तीर्थलाल पाख्रिनले बताए।
कार्यालय वरपर बस्ती पातलो भएकाले जनशक्ति अभावमा आगजनीबाट जोगाउन नसकिएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ। जिप्सन, प्लाइले बनेको १८ कोठे भवनमा सोलारको विद्युत प्रयोग गरिँदै आएको थियो।
-सुरजकुमार भुजेल, मकवानपुर