सीडीआे फेरिएसँगै दोस्रोपटक बाँकेमा अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा
कोरोना संक्रमण तीव्र बनिरहेको बाँके जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीआे) आएसँगै बुधबारदेखि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा भएको छ।
बुधबारदेखि काम थालेका सीडीआे रामबहादुर कुरुम्वाङले आजै रातिदेखि लागू हुने गरी पूरै जिल्लाभर निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले फैलँदो कोरोनाभाइरसको संक्रमण रोक्न अत्यावश्यक काम तोकेर त्यसबाहेकका हिंड्डुल समेत रोक्ने गरी जिल्लाभरिनै निषेधित क्षेत्र घोषणा गरेको हो।
आज राति १० बजेदेखि बाँके जिल्ला पूरै निषेधित क्षेत्रका रुपमा रहनेछ।