संविधान संशोधनको विषयमा कांग्रेस र नेकपाबीच आरोप प्रत्यारोप
प्रतिनिधसभाको बुधवार बसेको बैठकको कार्यसूचीबाट नक्सा परिवर्तनका लागि संविधान संशोधन गर्ने प्रस्ताव हटाउको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप शुरू भएकको छ ।
नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापाका सचिव सूर्य सुवेदी पथिकले संविधान संशोधनबाट पछि हटेर गल्ति गरेको बताएका छन् । "नेपाली कांग्रेसले पाएको मौका सदुपयोग नगरेर गल्ती गरेको छ । अविलम्ब सच्याउन सबैले अनुरोध गरौं," सुवेदीले संविधान संशोधनमा नमानेको भन्ने आशयसहितको अभिव्यक्ति फेसबुकमा राखेका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रस्ताव ल्याउँदा नचाहिने कांग्रेसलाई फिर्ता गर्दा दोष लगाउनु षड्यन्त्र भएको आशंका गरेका छन् ।
"प्रस्ताव ल्याउंदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ? " , शर्माले ट्विट गरेका छन् "प्रधानमन्त्रीज्यू प्रक्रिया सुचारु गर्नोस् । के.स.को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दि´सकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं / रहन्छौं ।"
संविधान संशोधनको विषयमा छलफल गर्न गएको मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीको बैठकको निर्णय कुर्न आग्रह गरेका थिए । पदाधिकारीको बैठकले संविधान संशोधन सर्वसम्मतिले पास गर्नुपर्ने निर्णय गरे पनि केन्द्रीय समिति बैठक बसेर निर्णय गर्ने कांग्रेसको भनाइ थियो ।
बुधबारको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा संविधान संसोधलाई राखे पनि अन्तिम समयमा आउरु हटाइएको थियो ।