भोलि सरकारले बजेट ल्याउँदै
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट भोलि ल्याउने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नेछन् ।
त्यसका लागि संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो ४ बजे बोलाएको छ ।
संविधानको धारा ११९ मा संघीय सरकारको अर्थ मन्त्रीले प्रत्येक वर्ष जेठ महीनाको १५ गते बजेट (राजश्व र व्ययको अनुमान) संघीय संसदमा पेश गर्नुपर्ने उल्लेख छ ।