तीन दिन दीपावली गरी गणतन्त्र दिवस मनाउने
सरकारले यसवर्ष गणतन्त्र दिवसको अवसरमा दीपावली मात्रै गर्ने भएको छ ।
गृहमन्त्रालयले बुधबार विज्ञप्ति निकालेर आजदेखि तीन दिन दीपावली मात्रै गर्न भनेको हो ।
मन्त्रिपरिषदको १२ जेठको निर्णय अनुसार संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय, गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासहरुलाई १४, १५ र १६ जेठमा साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन विज्ञप्तिमा भनिएको छ ।
दोस्रो जनआन्दोलन पछाडि हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवस मनाउने गरिएको छ ।
गत वर्षहरुमा सरकारले विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाउने गणतन्त्र दिवस यसवर्ष कोरोनाभाइरसको महामारीका कारण सबै औपचारिक कार्यक्रमहरु स्थगित भएका हुन् ।