चाैरजहारी घटना: हराइरहेका तीन युवा खाेज्न नदीमा गाेताखाेर
१० जेठ शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा मृत्यु भएका तीन जना युवाकाे शव फेला परेकाे र तीन जना अझै बेपत्ता छन् ।
प्रहरीले घटनामा परी भेरी नदीमा हराइरहेका ती तीन जना युवाकाे खाेजी कार्यका शुरु गरेकाे छ ।
त्यसका लागि सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्मबाट डीएसपीको कमाण्डमा ४ जना गोताखोर सहित ११ जना र सशस्त्र प्रहरी बल नं. ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी सहित १८ जनाको टोली परिचालित भएको छ ।
प्रहरीले शनिबार साँझ भएको घटनापछि आइतबार नवराज विक र टीकाराम सुनारको शव भेटाएको थियो भने सोमबार साँझ गणेश बुढाको शव भेरी नदीको किनारमा फेला पारेको थियाे ।
सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार भने अझै बेपत्ता छन् ।