संविधान संशोधन विधेयक संसद्को आजको कार्यसूचीबाट हटाइयो
संविधान संशोधन विधेयक आज संसद्मा पेश नहुने भएको छ।
प्रतिनिधिसभाले आजको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) २०७७ विधेयक पेश हुने ‘संभावित’ कार्यसूचीमा राखे पनि अन्तिम समयमा कार्यसूचीबाट हटाइएको हो ।
संसद् सचिवालयका अनुसार, बुधबारको संसद् बैठकको संभावित कार्यसूचीमा राखिएकोमा सरकारको आग्रहमा हटाइएको हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनमा आफ्नो समर्थन रहेको तर केन्द्रीय समितिमा छलफल गर्ने गरी मंगलबार सर्वदलीय बैठकमा समय मागेका कारण कार्यसूचीबाट हटाइएको बताइएको छ।
मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक अघि नै प्रतिनिधिसभा सचिवालयले ‘संभावित’ कार्यसूची प्रकाशन गरिसकेको थियो।
प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बोलाइएको छ।