खेलकुद बुधबार, जेठ १४, २०७७

बार्यनको उपाधि यात्रा बलियो

हिमालखबर

बार्यनको उपाधि यात्रा बलियो

जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बार्यनले उपाधि प्रतिस्पर्धी डर्टमुन्डलाई पराजित गरेको छ। डर्टमुन्डकै घरेलु मैदानमा बार्यनले १–० अन्तरले जित निकालेको हो।

बार्यनले यसअघिको हारको बदला लिदै उपाधि यात्रा समेत थप बलियो बनाएको छ। डर्टमुन्डका लागि जोसु किमिचले गरेको गोल नै निर्णायक बन्यो। निकै प्रतिस्पर्धात्मक देखिएको खेलको ४३औं मिनेटमा जोसुले गोल गरेका थिए।

दोस्रो हाफमा दुवै टीमबाट राम्रो अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन्। किमिचकै गोल निर्णायक हुँदा बार्यनले उपाधि यात्रा झनै बलियो बनाएको छ। दोस्रो स्थानको डर्टमुन्डलाई पराजित गरेपछि बार्यनले २८ खेलबाट ६४ अंक जोडेको छ।

समान खेलबाट डर्टमुन्ड भने सात अंकले पछाडि परेको छ। तेस्रो स्थानमा रहेको लिपजिङ बार्यन भन्दा दश अंकले पछाडि छ।

प्रतिकृया दिनुहोस