कञ्चनपुरमा हृदयाघातबाट वडाध्यक्षको मृत्यु
कञ्चनपुरको कृष्णपुर नगरपालिका वार्ड नम्बर ७ का वडाध्यक्ष कल्लु रानाको हृदयाघातबाट मंगलबार राति निधन भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीका अनुसार राति ११ बजे उनको निधन भएको हो । दिउँसोदेखि नै उनी आफ्नो वडाको कोलहपुरस्थित राष्ट्रिय माविमा नयाँ क्वारेन्टिन स्थापना गर्न खटिएका थिए ।
उनलाई त्यहीँ राति ११ बजेतिर अचानक हृदयाघात भएपछि अस्पताल लगिएको थियो । तर, उनको बाटामै मृत्यु भएको भण्डारीले बताए । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।