चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने
चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने भएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबारको प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्ने क्रममा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर कोरोनाभाइरस महामारीका कारण खुम्चिने प्रारम्भिक अनुमान गरिएको बताए।
आर्थिक वर्ष २०७६/७७ को फागुनसम्मको समग्र आर्थिक क्रियाकलापमा तीव्रता आए पनि कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुँदा त्यसको असर नेपालमा पनि पेका कारण आर्थिक वृद्धिदर खुम्चिएको अर्थमन्त्री खतिवडाले बताए।
यसअघि १७ वैशाखमा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकमा यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरिएको थियो।
पछिल्ला तीन वर्षमा मुलुकको औसत आर्थिक वृद्धिदर उत्पादकको मूल्यमा औसत ७ प्रतिशतभन्दा बढी थियो।