प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सर्वदलीय बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
सरकारले नेपालकाे नयाँ नक्शा जारी गरेपछि संविधान संशोधन गर्नुपर्ने भएकाले सोही विषयमा दलहरुसँग छलफल गर्न प्रधानमन्त्री ओलीले बैठक बोलाएको ओली निकट नेकपाका एक नेताले जानकारी दिए।
संविधान संशोधनका लागि संसदमा संशोधन प्रस्ताव दर्ता गरिसकेकाे छ । तर कतिपय दलले अन्य दलसँग छलफल नै नगरी सरकारले आफूखुसी संशाेधन प्रस्ताव दर्ता गराएको भन्दै आलोचना गरेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।
जनता समाजवादी पार्टी नेताहरुले भने आफूहरुले पहिलेदेखि उठाएको मागसहित एकैपटक संविधान संशोधन गर्नुपर्ने बताउन थालेका छन्। एक नेताले आफूहरुको माग पनि छलफलका क्रममा प्रधानमन्त्रीसँग राख्ने बताए।