संसद बैठक बस्दै, संविधान संशोधन प्रस्ताव पेश गरिदै
संघीय संसदको प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बोलाइएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएपछि स्थगित बैठक दिउँसो एक बजे बोलाइएको हो ।
आजको बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयक पेश गरिन लागेको हो ।
मन्त्री तुम्बाहाङ्फेले आजको बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरिेन बताइन् । लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा संविधानको निशाना छापमा राख्न संविधान संशोधन गरिन लागिएको छ । संविधानको अनुसूची–३ मा राखिएको निशाना छापमा नेपालको नक्सा अंकित छ ।
उक्त नक्सा परिवर्तन गर्न संविधान संशोधन गर्ने सरकारले निर्णय गरेको छ । १५ जेठमा बजेट घोषणा गरिदैछ । बजेट सँगै संविधान संशोधन गर्ने सरकारले तयारी गरेको छ ।