दुई महीनापछि क्वारेन्टिनबाट निस्किए अमेरिकी राष्ट्रपति पदका प्रत्यासी बाइडेन
अमेरिकामा राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जोए बाइडेन दुई महीना क्वारेन्टिनमा बसेर पहिलोपटक सोमबार सार्वजनिक भएका छन् ।
अनुहारमा कालो मास्क लगाएका पूर्व उपराष्ट्रपति बाइडेन आफ्नो गृहराज्य डेलावेयरमा भएको एक कार्यक्रममा मृतक सैनिकहरु प्रति माल्यार्पण गर्न उपस्थित भएका थिए । अमेरिकामा मृतक सैनिकहरुको स्मृतिमा मे महीनाको अन्तिम सोमबार ‘मेमोरियल डे’ मनाइन्छ ।
यो दिन वार्षिक छुट्टी पनि दिइन्छ । यो दिन गर्मीको सुरुवात हुने अनौपचारिक विश्वास पनि छ ।
बाइडेन पछिल्लोपटक फ्लोरिडा, इलिनोइस र एरिजोनामा भएको प्राथमिक निर्वाचन प्रचारका क्रममा उनी सार्वजनिक भएका थिए । ती राज्यमा उनले डेमोक्र्याटिक दलबाट राष्ट्रपति पदका प्रत्यासी बन्न चाहने बर्नी स्यान्डर्सलाई पराजित गरेका थिए । त्यसपछि कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि उती क्वारेन्टिनमा थिए ।
सोमबार उनी आफ्नी श्रीमती जिलसँगै उभिएर ७७ वर्षीया बाइडेनले ‘वार मेमोरियल प्लाजा’ सेतो गुलाबले माल्यार्पण गरे । त्यसपछि दोस्रो विश्वयुद्ध र कोरियाली युद्धमा लडेका सैनिकहरूको सम्झनामा मौनधारणपछि केही क्षण अवलोकन पनि गरेको बीबीसीले उल्लेख गरेको छ ।