खेलकुद सोमबार, जेठ १२, २०७७

सन्दीप लामिछाने र कुशल मल्ल उत्कृष्ट युवा क्रिकेटर

हिमालखबर

सन्दीप लामिछाने र कुशल मल्ल उत्कृष्ट युवा क्रिकेटर

युनाइटेड अरव इमिरेट्स (यूएई) बाट प्रकाशित हुने द न्याशनलले उत्कृष्ट २० युवा खेलाडीको सूची सार्वजनिक गरेको छ । १९ वर्ष मुनिका उत्कृष्ट २० खेलाडीमा नेपालका सन्दीप लामिछाने र कुशल मल्ल पनि परेका छन् ।

तीन वर्ष देखि राष्ट्रिय टीमबाट खेलिरहेका सन्दीप अन्तर्राष्ट्रिय फ्रेन्चाइजीहरुका महत्वपूर्ण सदस्य बनिसकेका छन् । इण्डियन प्रिमियर लिग (आईपीएल) मार्फत दुई वर्ष अगाडि अन्तर्राष्ट्रिय फ्रेन्चाइजीमा डेब्यू गरेका सन्दीप उत्कृष्ट लेग स्पिनर बनिसकेका छन् । १९ वर्षीय सन्दीप सँगै, १६ वर्षका कुशल मल्ल पनि उत्कृष्ट २० खेलाडीमा परेका छन् ।

उत्कृष्ट २० खेलाडीमा १६ जना टेष्ट राष्ट्रका खेलाडीहरु छन् । एसोसियट राष्ट्रबाट भने नेपालबाट सन्दीप र कुशल सँगै युएई र स्कटल्याण्डका एक–एक खेलाडी छन् ।

कुशलले सचिन तेन्कुदलकर र शाहिद अफ्रिदीले बनाएको कीर्तिमान नै तोडेका थिए । कुशलले एक दिवसीय क्रिकेटमा अर्धशतक बनाउने कम उमेरका खेलाडीको कीर्तिमान बनाएका छन् । ब्याटिङ अलराउण्डर कुशल किफायती बलर समेत हुन् ।

प्रतिकृया दिनुहोस