महिला मन्त्रालयले आज ‘मर्यादित महिनावारी’ बारे भर्चुअल सेमिनार गर्दै
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज ‘मर्यादित महिनावारी’ विषयक भर्चुअल सेमिनार गर्दैछ ।
बिहान ११ बजेदेखि करिब दुई घण्टासम्म हुने सेमिनारको नारा ‘महिनावारीका कुरा, मर्यादित कुरा भए मात्र हुन्छ पुरा’ भन्ने तय गरिएकाे छ ।
१६ जेठमा मनाइने ‘राष्ट्रिय महिला अधिकार दिवस’ र मे २८ मा मनाइने महिनावारी व्यवस्थापन दिवसको अवसरमा ‘दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी अभियान’ सँगको सहकार्यमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तय भए पनि कोरोनाभाइरसको जोखिमका कारण सम्मेलन स्थगित गरिएको र आज छाेटाे सेमिनार आयाेजना गरिएकाे हाे ।
आजकाे सेमिनारमा काेराेना महामारीका बेला मर्यादित महिनावारीका विषयमा मात्र छलफल गर्न लागिएकाे मन्त्रालयले जनाएकाे छ ।
मर्यादित महिनावारीकी अभियन्ता एवं ‘दक्षिणी गोलार्द्धीय मर्यादित महिनावारी अभियान’ की प्रमुख राधा पौडेलले कोभिड–१९ का कारण पूर्व निर्धारित कार्यक्रम गर्न नपाए अहिलेकाे महामारीमा मर्यादित महिनावारीका विषयमा छलफल गर्न लागिएकाे बताइन् ।
सेमिनारमा श्रीलंका, क्यानडा, अष्टे«लिया, अमेरिका, इण्डोनेसियालगायत देशमा मर्यादित महिनावारीका विषय क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन् ।
सेमिनारले 'कोभिड १९' को महामारीका बेला गर्नुपर्ने नीति पत्र पनि जारी गर्ने अभियन्ता पौडेलले जानकारी दिइन् ।