संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु
कोभिड महामारीको संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाराका एक वृद्धको मृत्यु भएको जनाएको छ । बारा करैयामाई गाउँपालिका–७ का ७० वर्षीय वृद्धको कोभिड संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वीरगञ्जस्थित न्याशनल मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । गएको ४ जेठमा मृत्यु भएका उनको रिपोर्ट पोजिटिभ आएको हो । ती मृतकको अन्त्येष्टि गरिसकिएको छ ।
यो सँगै, नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।