साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै, बैठकलगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी ओलीले सोमबार साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठकमा भारतद्वारा अतिक्रमित भूमिसहितको नक्शा सार्वजनिक पछि उत्पन्न परिस्थिति, प्रतीकलगायत राष्ट्रिय चिन्ह परिवर्तनका लागि फास्ट ट्र्याकमार्फत संविधान संशाेधनलगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।
बैठकलगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साँझ ५ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठकलगत्तै साढे ५ बजे नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।