लोकतान्त्रिक आन्दोलनमा इस्लाम समुदायको महत्वपूर्ण भूमिकाः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
ईद उल फित्रको अवसरमा शुभकामना सन्देश दिदै सभापति देउवाले लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहेको बताएका हुन् । यो चाडले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने उनले विश्वास व्यक्त गरेका छन् ।
कोरोनाभाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरीलाई कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन उनले सबैलाई आग्रह गरेका छन् ।
‘ईद उल फित्र’ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वास पनि सभापति देउवाले व्यक्त गरेका छन् ।