महामारी विरुद्धको संघर्षमा एकताबद्ध प्रतिरोधः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले महामारी विरुद्धको संघर्षमा एकताबद्ध प्रतिरोधका लागि आग्रह गरेका छन् ।
मुस्लिम समुदायको चाड ईद उल फित्रका अवसरमा शुभकामना दिंदै दाहालले महामारी विरुद्धको संघर्षमा एकताबद्ध प्रतिरोधको खाँचो रहेको उल्लेख गरेका छन् । ‘‘ईद उल फित्र चाडका अवसरमा मुस्लिम समुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दछु’’, दाहालको शुभकामना सन्देशमा उल्लेख छ ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै नेपालको मौलिक विशेषता र पहिचान भएको बताएका छन् ।
“बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्नेछ”, सन्देशमा उल्लेख छ ।