थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो
नेपालमा आइतबार थप १९ जाम कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा झापाका १, बाराका १, पर्साका ३, रौटहटका १, सर्लाहीका १, रुपन्देहीका ३ र काठमाडौंका १ जना छन् ।
त्यसैगरी नुवाकोटका १, रुपन्देहीका ३, कपिलवस्तुका ३ र गुल्मीका १ जनामा संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमण ४२ जिल्लामा फैलिसकेको छ भने नुवाकोट जिल्लामा आइतबार पहिलोपटक संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९० हजार २६ नमूना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ४८ हजार ८ सय १५ परीक्षणहरु गरिएका छन् ।
हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक र गुल्मीमा एक गरी ३ जनाको मृत्यु भएको छ ।