डिल्लीबजार कारागारमा झडप, एक कैदी घाइते
डिल्लीबजार कारागारमा कैदीहरुबीच झडप भएको छ । चौकीदार हटाउने विषयमा झडप हुँदा एक जना घाइते भएका छन् ।
कारागारका चौकीदार गोकुल गिरीलाई हटाउन कैदीहरुले माग राखेपछि झडप भएको थियो । गिरीको कार्यशैली ठीक नभएको भन्दै उनलाई हटाउन कैदीहरुले माग राखेका थिए ।
तर, गिरी नजिक कैदीले विरोध जनाएपछि झडप भएको थियो । झडपमा समिर भनिने शमशेर जंग घाइते भएका छन् । उनलाई उपचारका लागि वीर अस्पताल भर्नाका लागि लगिएको छ ।
अहिले कारागारको अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले सामान्य झडप भएको र अवस्था नियन्त्रणमा रहेको बताए । चौकीदार गिरी उपेन्द्र देवकोटाकी छोरी अपहरणका आरोपित हुन् ।