फ्रान्कफर्ट विरुद्ध बार्यनको सहज जित
जर्मन बुण्डेस लिगाको शनिबार राति सकिएको खेलमा फ्रान्कफर्ट विरुद्ध लिड लिडर बार्यनले सहज जित निकालेको छ । फ्रान्कफर्ट विरुद्ध बार्यनले ५–२ गोल अन्तरले सहज जित निकालेको छ ।
जितसँगै, बार्यनले चार अंकको अग्रता कायम बनाएको छ । बार्यनले २७ खेलबाट ६१ अंक जोडेको छ । बार्यनलाई पछ्याइरहेको डर्टमुन्डले भने समान २७ खेलबाट ५७ अंक जोडेको छ ।
फ्रान्कफर्ट विरुद्ध जित निकालन बार्यनका लागि लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्ट लेवान्डोस्की र अल्फोन्सो डेभिसले गोल गरे । बार्यनले थप एक गोल भने आत्मघाती उपहार पाएको थियो ।
खेलको १७औं मिनेटमै लियोनले बार्यनलाई अग्रता दिलाए । पहिलो हाफको ४१औं मिनेटमा मुलरले गोल गर्दै अग्रता दोब्बर बनाए । ४६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई ३–० को अग्रता दिलएका थिए ।
फ्रान्कफर्टका लागि मार्टिन हिन्टेरेगरले लगातार ५२औं र ५५औं मिनेटमा गोल गर्दै ३–२ गोल अन्तरको अवस्था बनाएका थिए । तर, ६१औं मिनेटमा फेरि बार्यनले गोल गरेपछि अग्रता फेरि दोब्बर बनाए भने ७४औं मिनेटमा बार्यनले आत्मघाती गोलको उपहार पायो ।
बुन्डेस लिगा महामारी पछाडि बिना दर्शकको मैदानमा चलिरहेको छ ।