प्रदेश–५ को नीति तथा कार्यक्रम आउँदै
प्रदेश–५, सरकारले शनिबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउँदैछ ।
दिउँसो तीन बजे बोलाइएको बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम सभामा पेश गर्दैछन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कोभिड १९ महामारीका कारण पुगेको असर नियन्त्रणमा केन्द्रित गर्ने प्रदेश सरकारले जनाएको छ ।
सरकारका प्रवक्ता वैजनाथ चौधरीका अनुसार, बजेटले कृषि र रोजगारीलाई प्राथमिकता दिनेछ । शुक्रबारबाट प्रदेशसभा शुरु भएको छ ।