वडाध्यक्षलाई नै कोरोना संक्रमण, तीन पत्रकार संक्रमित
कपिलवस्तुका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । वाणगंगा नगरपालिकाका एक वडाध्यक्षमा संक्रमण पुष्टि भएको हो ।
कपिलवस्तुमा पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ । शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, कपिलवस्तुमा वडाध्यक्ष र पत्रकारमा पनि संक्रमण पुष्टि भएको हो । शुक्रबार मात्रै दुई पत्रकारमा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार, रुपन्देही र कपिलवस्तुमा शनिबार मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, रुपन्देहीमा ८ र कपिलवस्तुमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
रुपन्देहीका ७ जना गैडहवा गाउँपालिकाका दुई वडा क्वारेन्टिनमा छन् । संक्रमित सवै भारतबाट आएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीले जनाएको छ । एक जना भने रुपन्देहीको रोहिणी गाउँपालिकाका स्थानीय हुन् । ती संक्रमितको ट्राभल हिस्टी बुझ्ने काम भइरहेको छ ।
कपिलवस्तुमा थपिएका संक्रमित मध्ये ६ जना वाणगंगा र २ जना बुद्धभूमिकाका रहेको स्वास्थ्य कार्यालयका फोलक पर्सन कुमार थापाले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जना नै वाणगंगाका भनेपनि स्वास्थ्य कार्यालयले नाम भेरिफाई गर्दा २ जना बुद्धभूमिका रहेको पाइएको कार्यालयका कोरोना फोलक पर्सन थापाले जानकारी दिए ।
-बिक्रम खड्का, बुटवल