जनताको जीवन र स्वास्थ्य पहिलो प्राथमिकताः राष्ट्रपति सी
चिनियाँ राष्ट्रपति सी जिनफिङले चिनियाँ जनताको जीवन र स्वास्थ्य हरहालतमा रक्षा गर्न सरकार प्रतिबद्ध रहेकोे बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले महामारीबाट जनताको जीवन र स्वास्थ्य जोगाउने कार्यलाई प्राथामिकतामा राखेको पनि उनले बताए ।
मंगोलियाका प्रतिनिधिहरुसँग शुक्रबार राष्ट्रपति सीले महामारीका बेला जनताको जीवन र स्वास्थ्य प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताए । जुनसुकै परिस्थितिामा पनि जनताको हितलाई सीपीसीले पहिलो प्राथमिकतामा राख्दै आएको उनले बताएका छन् ।
“जीवन सर्वोपरि महत्वको हो । यो त्यस्तो मूल्य हो, जुन हामीले कुनै पनि मूल्यमा तिर्नुपर्छ”, सीले भनेका छन् । सीपीसीले महामारी नियन्त्रण र सामाजिक–आर्थिक विकासको समन्वय गर्नेतर्फ केन्द्रित हुनुपर्ने पनि उनले बताए ।
महामारी नियन्त्रण गर्दै चिनियाँ जनतालाई पुनः आर्थिक सुधारमा परिचालन गर्नुपर्ने राष्ट्रपति सीले बताएका छन् ।