काठमाडौं सहित ६ जिल्लामा ३२ संक्रमित थपिए, संक्रमित संख्या ५४८ पुग्यो
शनिबार बिहान थप ३२ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं सहित ६ जिल्लामा ३२ संक्रमित थपिएको जनाएको छ ।
मन्त्रालयका अनुसार, काठमाडौं, कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनमा संक्रमित पुष्टि भएको हो ।
सर्लाहीमा १३ जना, कपिलवस्तुमा आठ जना, रुपन्देहीमा आठ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३५ वर्षीय पुरुष, चितवनमा ५२ वर्षीय पुरुष र बारामा ३७ वर्षीयमा संक्रमण पुष्टि भएको छ ।
यो सँगै संक्रमित संख्या ५४८ पुगेको छ । महामारीबाट तीन जनाको मृत्यु भएको छ । ४९ जना भने निको भएर घर फर्किएका छन् ।