समाचार शनिबार, जेठ १०, २०७७

दक्षिण अमेरिका महामारीको नयाँ इपीसेन्टरः डब्लूएचओ

हिमालखबर

दक्षिण अमेरिका महामारीको नयाँ इपीसेन्टरः डब्लूएचओ

संयुक्त राष्ट्र संघको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अमेरिका पछि कोभिड महामारीको दक्षिण अमेरिका इपीसेन्टर बनेको बताएको छ । चीनको वुहान शहर पछि रियो दी जेनेरियो कोभिड महामारीको इपीसेन्टर बनेको डब्लूएचओले जनाएको छ ।

“दक्षिण अमेरिका मुलुकहरुमा जुन गतिमा संक्रमित बढिरहेको देखेका छौं । विशेषगरी ब्राजिल जसरी संक्रमित देखिएको छ । यसले इपीसेन्टर दक्षिण अमेरिकामा देखिन पुगेको छ”, डब्लूएचओका आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने । उनले दक्षिण अमेरिका महामारीको इपीसेन्टर बन्न पुगेको बताए ।

पछिल्ला दैनिक रिपोर्टहरुमा ब्राजिल सबैभन्दा बढी प्रभावित बनेको छ । तीन लाख ३२ हजार संक्रमित देखिएको ब्राजिलमा २१ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा एक हजारमा ४९० जनाको संक्रमित देखिने गरेको छ । संक्रमणको यो दर अन्य देशहरु भन्दा उच्च हो ।

ब्राजिल भन्दा बढी प्रभावित मुलुक भने अमेरिका मात्रै हो । अमेरिका १६ लाख ४५ हजारमा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या एक लाखको नजिक छ । अमेरिकाले एक करोड ३९ लाख नागरिकमा परीक्षण गरेको छ ।

प्रतिकृया दिनुहोस