दोलखामा आठ जनाको पीसीआर रिपाेर्ट नेगेटिभ
दोलखाबाट पठाइएको आठ जनाको स्वाब (पीसीआर) परीक्षणको रिपाेर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालका सात जना र किर्नेका एक जना गरी आठ जनाको स्वाब (पीसीआर) परीक्षणको रिपाेर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताए ।
बुधबार प्रस्तावित स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूको आरडीटी परीक्षण गर्दा एक जनाको पोजेटिभ देखिएपछि बिहीबारबाट तीन दिनका लागि अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवाहरु बन्द गरिएको थियो भने सात जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो।
सर्मिला बुढाथोकी