थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो
बारामा ६ र सप्तरी, मकवानपुर तथा भक्तपुरमा एक-एक जना गरी थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै संक्रमणको संख्या ५१६ पुगेको छ ।
मकवानपुरमा ५४ वर्षीया, भक्तपुरमा ४२ वर्षीया र सप्तरीमा ३५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसै गरी बारामा २२, २७, ३०, ३४, २८, र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।