पाकिस्तानको कराची नजिकै पीआईएको यात्रुवाहक विमान दुर्घटना
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को यात्रुवाहक विमान दुर्घटनामा परेको छ । कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शुक्रबार दिउँसो विमान अवतरण हुनु केही मिनेट पहिले मात्रै दुर्घटनामा परहेको जीईओ टेलिभिजन नेटवर्कले जनाएको छ ।
लाहोरबाट कराची पुगेको पीआईए ए ३२० विमान कराचीस्थित मालिरको आधुनिक क्लोनी नजिकै दुर्घटनामा परेको जनाइएको छ ।
पीआईएका प्रवक्ता अब्दुल सत्तारलाई उद्धृत गर्दै जीईओ टिभीले विमानमा ८५ जना यात्रु र १२ जना क्रियु गरेर ९७ जना सवार रहेकोरहेको उल्लेख गरेको छ । बाँकी रिपोर्ट आउन बाँकी छ ।