अस्पताल र स्थानीय प्रशासनको विवादले उठेन कोरोनाबाट मृत्यु भएकाको शव
शव व्यवस्थापनको विषयमा विवाद भएपछि कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मी मदानेका ४१ वर्षीय पुरुषको शव बुटवलस्थित क्रिमसन अस्पतालबाट उठ्न सकेको छैन ।
उनको उपचार गरेको क्रिमसन अस्पताल शव सरकारी पक्षले आफै आएर लैजानुपर्ने अडानमा छ । तर, स्थानीय प्रशासनका अधिकारी भने शवको ¥यापिङ्ग गरेर वाहनसम्म ल्याइदिने जिम्मा अस्पताल प्रशासनको भएको अडानमा छन् । उनको बुधबार निधन भएको थियो ।
अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले शव ¥यापिङ्ग गर्ने विषयलाई लिएर कुरा मिल्न नसकेको बताए । सरकारी पक्षले शव ¥यापिङ्ग गरेर वाहनसम्म ल्याइदिने जिम्मा अस्पताल प्रशासनको भएको बताए पनि चिकित्सकहरुले नमानेको पाण्डे बताउँछन् ।
“अस्पतालले ¥यापिङ्ग गरेर गाडीमा लोड गरिदिनुपर्दछ भनेर सिडियो सापले निर्देशन दिनुभयो, तर, अस्पतालमा कार्यरत डाक्टरले शव ¥यापिङ्ग गर्न मानेनन्”, पाण्डे भन्छन्, “डाक्टरले शव उठाउने काम गर्दैनौं भन्छन्, गार्डहरुलाई बरु पैसा राम्रै दिन्छौ भन्दा पनि जागिर छोड्ने, तर शव नउठाउने भन्छन् ।” । कोरोनाभाइरसकै कारण मृत्यु भएको विज्ञप्ति निकाल्ने राज्यले नै शव पनि उठाउनेपर्ने उनको भनाइ छ ।
शव व्यवस्थापनको विषयमा छलफलका लागि अहिले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी महादेव पन्थ सहित जिल्लाका सुरक्षा अधिकारी र जनप्रतिनिधिको बैठक बसिरहेको छ । बैठकमा सहभागि तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले शव व्यवस्थापन कार्यविधिमा सम्बन्धित अस्पतालले ¥यापिङ्ग गर्ने कुरा उल्लेख भएको बताउँछन् । बैठकमा त्यही विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
शवको अन्तिम संस्कार गर्ने घाट वरिपरिका स्थानीयले समेत विरोध गरेपछि पहिला तय गरिएको घाट परिवर्तन गरिएको छ ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेका अनुसार वार्ड नम्वर ३ को मगरघाटलाई अन्तिम संस्कारका लागि तयारी गरिएको थियो । तर, त्यस वरपरका स्थानीयले विरोध गरेपछि वार्ड नम्वर १४ को अर्को घाटमा अन्तिम संस्कारका लागि नगरपालिकाले तयारी गरेको छ ।