थप ३ जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या ४५७ पुग्यो
नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पछिल्लो पटक तीन जनामा कोरोना संंक्रमण पाइएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।
बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका ३ का ३२ वर्षीय पुरुष र खजुरा ३ की ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।