लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको पूरा प्रमाण छ भारतले राम्रोसँग हेर्नुपर्ने र तथ्यलाई स्वीकार्नुपर्ने हमालले भिडियोमा बताएका छन् । हमालले सत्य र तथ्यलाई नमानेर भारतले निरन्तर सीमा विवाद झिकेको बताएका छन् ।
"पहिले हामी बोलेनौं तर अहिलेका युवाहरू निकै सचेत र शिक्षित भएका छन्, नेपालीले यतिबेला न्याय र अन्याय छुट्याउन सक्ने भएकाले भारतको विरोध भइरहेको छ," उनले भनेका छन् ।
भारतले निरन्तर नेपाली भूमिमाथि दाबी गर्नाले सार्वभौमिकतालाई कुल्चिएको अनुभूति भएको र यो नेपालीको लागि अस्वीकार्य रहेको हमालको भनाइ छ । "हाम्रा पूर्खाले आफ्नो भूमि जोगाउन नै यति ठूलो बलिदान र संघर्ष गरेका थिए, त्यसैले भारतको दाबीले नेपालीलाई ठूलो झट्का लागेको छ ।" हमालले भनेका छन् ।
रिस र दोषले कसैलाई फाइदा नपुग्ने भन्दै हमालले यस विवादमा सत्य र तथ्यलाई स्वीकार्दै कूटनीतिक ढंगबाट समस्या सुल्झाउनुपर्ने बताएका छन् ।
हमालका अनुसार नेपाल र भारतजस्तो असल मित्र विश्वमा कमैमात्र देखिने भन्दै कोरोना प्रकोपबीच उत्पन्न भएको सीमा विवादले अन्तर्राष्ट्रियस्तरमा उदाउँदो शक्ति भारतबारे नराम्रो सन्देश जाने पनि हमालको धारणा छ ।