आईपीएल सेप्टेम्बरमा हुने संकेत
कोभिड महामारीका कारण यो सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) हुन सकेको छैन । महामारी लगातार बढिरहेपछि आईपीएल पनि स्थगित हुँदै आएको छ ।
तर, भारतीय क्रिकेट बोर्डले आगामी सेप्टेम्बरमा आईपीएल हुन सक्ने संकेत गरेको छ । बीसीसीआईले त्यस बेलासम्म महामारी नियन्त्रणमा आइसक्ने अनुमानका साथ आईपीएलको तयारी गरेको छ ।
सेप्टेम्बरमा आईपीएल सञ्चालन गर्नेगरी आन्तरिक तयारी गर्ने ईएसपीएनले बीसीसीआईका एक पदाधिकारीलाई उद्धृत गर्दै लेखेको छ।
ती पदाधिकारीले भनेका छन्, “अहिले नै यकिन गर्न हतार हुनेछ । यसका लागि अरु धेरै कुराहरु हुन जरुरी छ । सरकारको अनुमति र महामारी कम भएमा सेप्टेम्बर देखि नोभेम्बरबीच आईपीएल हुन सक्छ ।”