समाचार विहीबार, जेठ ८, २०७७

झापामा १५ सहित १७ जनामा कोरोनाभाइरस पुष्टि, नेपालमा कुल ४४४

हिमालखबर

झापामा १५ सहित १७ जनामा कोरोनाभाइरस पुष्टि, नेपालमा कुल ४४४

नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु झापा कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का मात्रै १५ जना रहेका छन् । उनीहरु १८ देखि ४६ वर्षका पुरुषहरु छन् ।

त्यस्तै धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरी धरान उपमहानगरपालिकाकी ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बिहीबार प्रकाशित विज्ञप्तिमा जनाएको छ ।

उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

आज बिहान थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस