नेपालले सार्वजनिक गरेको नक्शा मान्य छैन : भारत
लिम्पियाधुरा र कालापानी क्षेत्रलाई राखेर नेपालले नक्शा सार्वजनिक गरेपछि भारतले उक्त निर्णयलाई स्वीकार नगर्ने प्रतिक्रिया जनाएको छ।
बुधबार भूमिसुधार मन्त्री पद्मा अर्यालले नेपाल टेलिभिजनबाट यसअघि छुटेको लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नक्शा सार्वजनिक गरेकी थिइन्।
भारतले यसलाई नेपालको निर्णय एकतर्फी भएको भन्दै भौगोलिक दाबीलाई अस्वीकार गर्ने जनाएको हो।
बुधबार साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले सार्वजनिक गरेको नयाँ नक्शा भारतलाई मान्य नहुने बताएको भारतको विदेश मन्त्रालयले जनाएको छ।
नेपालले नयाँ नक्शामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने दाबी भारतको छ।