नेपालको नयाँ नक्शा भूमि व्यवस्था मन्त्री अर्यालले सार्वजनिक गर्दै
नयाँ भूभाग समेटिएको नेपालको नक्शा सरकारले आज दिउँसो सार्वजनिक गर्दैछ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच २:१५ बजे औपचारिक रुपमा नक्शा सार्वजनिक गर्न लागेकी हुन्।
लिम्पियाधुरा, कालापानी र लिपुलेक भएको नक्शा ३ दिन अघि मन्त्रिपरिषदले स्वीकृत गरेको थियो।
कोरोनाभाइरसको संक्रमणका कारण भिडभाड कम गर्नका लागि कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुने र नक्शा सञ्चारमाध्यमहरुको इमेलबाट पठाइने मन्त्री अर्यालकी प्रेस संयोजक देविका घर्तीले जानकारी दिइन्।