समाचार बुधबार, जेठ ७, २०७७

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको समाचार गलतः क्रिमसन अस्पताल

हिमालखबर

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको समाचार गलतः क्रिमसन अस्पताल

रुपन्देहीको मणिग्रामस्थित् क्रिमसन अस्पतालमा कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको विषयमा प्रकाशित समाचारको अस्पतालले खण्डन गरेको छ ।

अस्पतालले विज्ञप्ति प्रकाशित गर्दै उपचारमा रहेका गुल्मी मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय पुरुषको मृत्यु भएको समाचार गलत भ्रामक र अतिरञ्जित भन्दै खण्डन गरेको हो ।

विज्ञप्तिमा बिरामीको आईसीयू कक्षमा भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जनाइएको छ।

उपचाररत् बिरामीको मृत्यु भएको भन्ने समाचार प्रदेश ५ का स्वास्थ्य मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेको सामाजिक मन्त्रीलाई उद्धृत गर्दै केही समयअघि हिमालखबरमा प्रकाशित समाचारप्रति हामी सखेद क्षमायाचना गर्दछौं ।

प्रतिकृया दिनुहोस