थप समाचार बुधबार, जेठ ७, २०७७

आँधीहुरीले रौतहटमा क्षति

हिमालखबर

आँधीहुरीले रौतहटमा क्षति

आँधीहुरीले रौतहटमा व्यापक क्षति पुर्‍याएको छ । सोमबार आएको आँधीहुरीले बालीनाली, रुखबिरुवा तथा भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको हो।

आँधीहुरीले रौतहटको दुर्गाभगवती गाउँपालिकास्थित पिपरा बजारमा रहेको नेपाल टेलिकमको टावर ढलेको छ।

टावर ढलेपछि स्थानीय फोन सेवा, एडीएसएल सेवा तथा मोबाइलसमेत अवरुद्ध भएको छ । मोबाइल सेवा नहुँदा सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषणमा झन् समस्या भएको छ।

आँधीहुरीले कैयौँ घरको फुसको छाना उडाएको छ, टायल र जस्ताले छाएको घरमा पनि व्यापक क्षति पुगेकाे छ।

तीव्र गतिको आँधीहुरीले हजारौं रुखबिरुवा ढलेका छन् भने आँपमा व्यापक क्षति पुगेको छ।

आँधीहुरीले जिल्लामा पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ।

सञ्जय मित्र/रौतहट

प्रतिकृया दिनुहोस