थप समाचार बुधबार, जेठ ७, २०७७

श्रीमतीको अपहरणपछि हत्याको आरोप लागेका लिसोथोका प्रधानमन्त्रीले दिए राजीनामा

हिमालखबर

श्रीमतीको अपहरणपछि हत्याको आरोप लागेका लिसोथोका प्रधानमन्त्रीले दिए राजीनामा

सन् २०१७ मा पत्नीको अपहरणपछि हत्या गराउन संलग्न रहेको आरोप लागेका लिसोथोका ८० वर्षीय प्रधानमन्त्री थोमस थबानेले एक महीना लामो दबाबपछि राजीनामा दिएका छन् ।

मंगलबार टेलिभिजन सम्बोधन गर्दै उनले आफूले सार्वजनिक कार्यालय छाड्ने उपयुक्त मौका भएको बताए । उनले राजीनामा दिनुअघि पटकपटक आफू अवकासमा गएको उल्लेख गरेका थिए ।

उनले प्रधानमन्त्रीको शपथ लिनु केही समयअघि मात्र पत्नी लिपोलेलोको गोली हानी हत्या गरिएको थियो । उनीहरु दुई जना छुट्टै बस्न थालिसकेका थिए र सम्बन्ध विच्छेदको प्रक्रियामा थिए ।

प्रधानमन्त्री थबानेकी वर्तमान पत्नी माइसाइया थबाने हत्याका दोषी हुन् । उनी अहिले जेलमा छिन् । तर, दुवै जनाले आफूहरुमाथिको आरोप खण्डन गर्दै आएका छन् ।

प्रधानमन्त्री थबानेले विपक्षी पार्टीले घटनाको राजनीतिकीकरण गरेर फाइदा लिन खोजेको आरोप लगाएका छन् । दक्षिण अफ्रिकाले घेरिएको यो सानो मुलुकमा अब सरकारको नेतृत्व थबानेर्क अर्थमन्त्री मोएकेस्ती माजोरोले गर्ने छन् ।

 

प्रतिकृया दिनुहोस